१६ असार २०८३, मंगलबार

चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रचण्ड

चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रचण्ड

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड आफ्नो चीन भ्रमण पूरा गरी बुधबार राती स्वदेश फर्किएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा प्रचण्ड शनिबार चीन गएका थिए । 
चीन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गरेका थिए । 

केही दिन पहिले भारत भ्रमणमा  गएका प्रचण्ड सोलगत्तै चीन गएका हुन् ।  भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेका थिए । 
भारत भ्रमणलगत्तै भएको प्रचण्डको चीन भ्रमणलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्