२७ असार २०८३, शनिबार

संविधान दिवसको अवसरमा शीतल निवासमा रात्रीभोज

संविधान दिवसको अवसरमा शीतल निवासमा रात्रीभोज

काठमाडौं–राष्ट्रपतिको कार्यालय शीतल निवासले संविधान दिवसको अवसरमा बुधबार राती  साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ । 

 उक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक संक्रमणको अन्त्य भई लोकतन्त्रको संस्थागत विकास एवम् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवैलाई आह्वान समेत गरिन् । 

भण्डारीले विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र सम्बन्ध अभिवृद्धि गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका मूल्य मान्यताप्रति सदा दृढ रहेको पनि सो क्रममा बताइन् । 
उनले  लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा देशको सामाजिक, आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाप्रति धन्यवाद समेत दिइन् । 

उक्त अवसरमा  प्रधानमन्त्री केपी,  प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा,  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना,  मन्त्रीहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरु, नेपालका लागि विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्