१३ असार २०८३, शनिबार

हाकिम तारन्तार सरुवा हुँदा केही कर्मचारी भने कहिल्यै सरुवामा पर्दैनन्

असोज ४, २०७५
हाकिम तारन्तार सरुवा हुँदा केही कर्मचारी भने कहिल्यै सरुवामा पर्दैनन्

काठमाडौं–कास्कीका प्रजिअ सहसचिव तारानाथ अधिकारी साउन २० गते विमानस्थल अध्यागमनमा सरुवा भए । 
कार्यभार सम्हालेको १५ दिन नबित्दै सरुवा भएर प्रहरी किताबखाना पुगे ।
आजको कान्तिपुर दैनिक लेख्छ– उनी सरुवा भएलगत्तै विमानस्थल अध्यागमनको नेतृत्व निमित्त प्रमुख लक्ष्मणविक्रम थापाले सम्हाले । थापाले निमित्त सम्हालेको १५ दिनपछि नै अध्यागमन प्रमुखका रूपमा राजेश पौडेल आइपुगे । 
अध्यागमनका प्रमुखहरूको तारन्तार हुने अदलीबदलीको यो घटना नयाँ भने होइन । 
यसअघि पनि डेढ वर्षभन्दा लामो समय कोही बसेको इतिहास छैन । २०७३ असार १६ गते अध्यागमन प्रमुख भएर आएका यज्ञराज कोइराला दुई महिनापछि सरुवामा परे । उनीपछि उद्धवप्रसाद भट्टराई झन्डै ४ महिना कामु र १३ महिना प्रमुख रहे । त्यसपछि होमनाथ थपालियाले १४ महिना मात्रै कार्यभार सम्हाले । केही कर्मचारी भने वर्षौंसम्म सरुवा हुँदैनन् ।

salt training

कमेन्ट गर्नुहोस्