१४ असार २०८३, आइतबार

एक लाख माछाका भुरा निःशुल्क वितरण

एक लाख माछाका भुरा निःशुल्क वितरण
सन्दर्भ तस्वीर

 सिरहा-माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको सुखीपुर नगरपालिकाले अघि बढाएको छ । नगरक्षेत्रमा रहेका तालतलैया, पोखरी, कुवा संरक्षण निर्माण, पुनःनिर्माण गरी निःशुल्क माछाका भुरा वितरणलगायतका योजना नगरपालिकाले अघि सारेको हो । 

माछा उत्पादनका हिसाबले जिल्लालाई उत्कृष्ट बनाउने लक्ष्यका साथ नगरपालिका अघि बढेको नगरप्रमुख रामऔतार यादवले बताउनुभयो । माछापालन गर्न चाहेका र गरिरहेका किसानलाई नगरपालिकाका तर्फबाट पोखरी निर्माणदेखि माछाका भुरा निःशुल्क उपलब्ध गराउनुका साथै माछा पालनसम्बन्धी आवश्यक तालीम दिन शुरु गरिएको प्रमुख यादवले बताउनुभयो । 

यसै योजनाअन्तर्गत माछापालनमा सक्रिय एकसय किसानलाई हालसम्म एक लाखभन्दा बढी माछाका भुरा निःशुल्क वितरण गरिसकिएको नगरपालिकाका वरिष्ठ कृषि अधिकृत योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्