३२ असार २०८३, बिहीबार

स्वीस बैंकमा रहेको नेपालीको पैसावारे छानविन गर्न सांसदको माग

स्वीस बैंकमा रहेको नेपालीको पैसावारे छानविन गर्न सांसदको माग

काठमाडौं– स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । 

सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही समय पहिले प्रकाशित भएको थियो । ‘स्वीजरल्याण्डको स्वीस बैंकले ३ सय २२ दशमल ८८ मिलियन स्वीस प्र्रmङ्क बैंकमा छ भन्ने सार्वजनिक गरेको छ, त्यति धेरै धनरासीको खोजविन गर्न जरुरी छ’ सांसद विकले संसदमा भने, ‘त्यो कालो धनलाई स्वतन्त्र छानविन गरी राज्यको बानाउन जरुरी छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्