०३ असार २०८३, बुधबार

उत्तराखण्ड विधानसभामा गाईलाई राष्ट्रमाता घोषणा गर्ने प्रस्ताव पारित

उत्तराखण्ड विधानसभामा गाईलाई राष्ट्रमाता घोषणा गर्ने प्रस्ताव पारित

काठमाडौं — भारतको उत्तराखण्ड विधानसभामा गाईलाई राष्ट्रमाता घोषणा गर्ने प्रस्ताव पारित भएको छ । यसो गर्ने उत्तराखण्ड भारतको पहिलो राज्य बनेको छ । 

विधानसभाको मनसून सत्रको दोस्रो दिन राज्यमन्त्री रेखा आर्याले सदनमा गाईलाई राष्ट्रमाता घोषणा गर्ने प्रस्ताव राखेपछि सर्वसम्मतिले पारित गरिएको थियो । 

यो प्रस्ताव केन्द्र सरकारलाई पठाइनेछ । 

प्रस्तावमा चर्चा गर्दै पशुपालन राज्यमन्त्री रेखा आर्याले गाई हिन्दूहरूका लागि आमाको स्वरूप भएकाले राष्ट्रमाता घोषित गर्नुपर्ने तर्क राखेकी थिइन् । 

उनले देशका करोडौं मानिसको भावना गोमातासँग जोडिएको र शास्त्रहरूमा गाईको शरीरमा ३३ करोड देवीदेवताको वास रहने कुरा उल्लेख भएको बताइन् । 

उनका अनुसार, उत्तराखण्डको पर्वतीय क्षेत्रमा महिलाहरू गोमातालाई पालेर जीवनयापन गर्छन् । वर्तमान सरकारले महिलालाई गोपालनसँग जोड्ने प्रयास गरिरहेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्