कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
असोज ९, २०७५
काठमाडौं – नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ गराउन काउन्टरहरूमा यात्रुको भीड लागेको छ ।
काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा मंगलबार बिहानैदेखि बुकिङ शुरू भएको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ ।
अरनिको राजमार्गमा चल्ने बसको टिकट बुकिङ भोलि बुधबारदेखि खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले अरनिको राजमार्गमा चल्ने बसका लागि पुरानो बसपार्क, कोटेश्वर र चाबहिलबाट टिकट बुकिङ हुने जानकारी दिए ।
नयाँ बसपार्कमा बिहानैदेखि उत्साहजनक रूपमा बुकिङ भइरहेको उनको भनाइ छ । तर मंगलबार बिहानै पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा केहीबेर यात्रु अन्योलमा परेका थिए । बिहान ५ बजे खोल्नुपर्ने काउन्टर ८ बजेसम्म पनि नखुलेपछि बिहानै टिकट लिन बसपार्क पुगेका यात्रुहरू आक्रोशित बनेका थिए ।
नयाँ बसपार्क सञ्चालक लोत्से बहुउदेश्यीय प्रा.लि. र व्यवसायीबीच प्रभावकारी समन्व नहुँदा पश्चिमाञ्चल यातायातले टिकट खुल्ने समय थाहा नपाउँदा समस्या भएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीले बताए ।
सो काउन्टरले पनि बिहान ८ बजेदेखि टिकट बुकिङ खुल्ला गरिसकेका अहिले शान्तिपूर्ण रूपमा यात्रुले सेवा लिइहेका केसीले जानकारी दिए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...