१३ असार २०८३, शनिबार

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु भएकाे खुलासा

असोज ९, २०७५
सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु भएकाे खुलासा

तेहरान- इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो । 

खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेका स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेत गरी २४ जनाको मृत्यु भएको थियो । 

घटनामा ५३ जना घाइते भएका थिए । यस परेडमा आक्रमण गर्ने केही जिहादी पृथकतावादीको परिचय खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा सहभागी रहेका आरोपमा २२ जना पक्राउ परिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्