
काठमाडौं । राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।
आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण नबुझाउने राजनीतिक दल र नेतालाई कानुनअनुसार कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । राजधानी दैनिकमा खबर छ ।