२३ जेठ २०८३, शनिबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तान र बुल्गेरियाका विदेशमन्त्रीसँग भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तान र बुल्गेरियाका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्र सङ्घको मुख्यालयमा बल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्दै । तस्बिर : रासस

न्यूयोर्क-  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ । 

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । 

यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्