
रौतहट– रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ ।
गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उत्पन्न भएको हो ।
दुई समूहबीचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ भने १२ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।
झडमा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका बुझिएको छ ।