२३ जेठ २०८३, शनिबार

कञ्चनपुर प्रकरणमा गृहमन्त्रीको नयाँ खुलासापछि बोले निर्मलाका बुबा

असोज ११, २०७५
कञ्चनपुर प्रकरणमा गृहमन्त्रीको नयाँ खुलासापछि बोले निर्मलाका बुबा

काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले बुधबार निर्मला पन्त हत्याबारे एउटा रहस्य खोलेसँगै उनका बुबा यज्ञराज पन्तले पनि त्यसबारे बोलेका छन् । 

बुधबार गृहमन्त्रीले निर्मलाको हत्यापछि उनले लगाएको लुगा जलाइएको र मुचुल्कामा समेत बुबा यज्ञराज पन्तका नाममा नक्कली औंठाछाप गरेको खुलासा गरेका थिए । 
 यसबारे यज्ञराजले पनि गृहमन्त्रीको भनाई साँचो रहेको बताएका छन् । 

तर यज्ञराजले  साउन ११ गते आफू भारतमा रहेको १२ गतेमात्रै घटनाबारे खबर पाएको बताएका छन् । 

तपाईंले ११ गते नै प्रहरीले उठाएको मुचुल्कामा औंठा छाप लगाएको भन्छन् नि हो  ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘होइन, यो गलत कुरा हो । म १२ गते बिहान ९ बजे मात्र कञ्चनपुरमा रहेको अञ्चल अस्पताल पुगें । मैले मात्र होइन मेरो परिवारले पनि त्यो दिन कहीं पनि औंठा छाप गरेका छैनौं । त्यो नक्कली नै हो ।

छोरीको हत्या भएको ८÷१० दिनपछि मात्रै हामीलाई जिल्ला प्रहरी कार्यालय बोलाइयो । त्यहाँ मेरी श्रीमती, म र मेरो भतिजा लक्ष्मीप्रसाद पन्तलाई मुचुल्कामा होइन, अरू नै कागजमा सहीछाप गराइयो । तर के, कसो, केही भनिएन । औंठा छाप पनि गराएका थिए ।’  अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्