
काठमाडौं - आर्सनल इएफएल कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो ।
आर्सनलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको हो । आर्सनलका लागि पाँचौँ र ३७ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाएए । ५८ औँ मिनेटमा एलन जजले ब्रेन्टफोर्डका लागि एक गोल फर्काए । इन्जुरी समयको तेस्रो मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो ।