
काठमाडाैं-बजारमा आफ्नो प्रभुत्व गुमाउँदै गएको दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) बन्द हुने अवस्थामा पुगेको छ ।
लाइसेन्स नवीकरण तथा फ्रिक्वेन्सी शुल्कलगायत अन्य कर्तव्य पालनामा सधैंजसो स्पष्टीकरण र जरिवाना खेप्दै आएको यो कम्पनी अहिले बक्यौता तिर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको हो ।
नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५५ करोड ५३ लाख रुपैयाँ बक्यौता तत्काल नबुझाए लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र काटेको छ । पछिल्ला १५ वर्षमध्ये आर्थिक वर्ष २०६६-६७ बाहेक सबैजसो वर्षमा कम्पनी घाटामा छ ।
कम्पनीले २०७३ भदौ २० मा दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) अहिलेसम्म सेवा विस्तार गर्न सकेको छैन । एकीकृत सेवाको लाइसेन्स लिएपछि बजारमा आफ्नो प्रभाव बढाउने लक्ष्य लिएको कम्पनी त्यसपछि झनै ओरालो लागेको छ । प्राधिकरणको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) अनुसार असार मसान्तसम्म कम्पनीका ग्राहक ५२ लाख ग्राहक भएको उल्लेख छ । तर तीमध्ये सक्रिय ग्राहक कति छन् भन्ने प्रश्नमा प्राधिकरण उच्च अधिकारीले बढीमा १०-१५ जना हुनसक्ने जवाफ दिए । मुस्किलले १०-१५ जनालाई सेवा दिएका यो कम्पनीको बक्यौता भने ५५ करोड ५३ करोड रुपैयाँ नाघेको छ । यूटीएलले हालसम्म दिएको सेवा सिडिएमए प्रविधि हो । यो प्रविधि विश्वव्यापी रुपमै फेजआउट हुँदै गइरहेको छ । कम्पनीले एकीकृत सेवाको लाइसेन्स लिएपछि रोलआउट प्लानअनुसार काम गर्न नसक्दा प्राधिकरण जरिवाना समेत लगाइसकेको छ । काराेबार दैनिकमा खबर छापिएकाे छ ।