×

NMB BANK
NIC ASIA

सांसदको प्रश्नमा खानेपानी सचिवको जवाफ– पशुपतिनाथले साथ दिए ६० दिनमा मेलम्चीको पानी

सभापति रावलको निर्देशन– अब भाका नसरोस्

असोज ११, २०७५

NTC
Premier Steels

काठमाडौं – बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आगामी २ महिनाभित्र काठमाडौं आइपुग्ने आयोजनाले जनाएको छ । 

Muktinath Bank

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा उपस्थित आयोजना प्रमुख सूर्यराज कंडेलले अहिलेकै गतिमा काम भए दशैंतिहारलगत्तै मेलम्चीको पानी राजधानी आइपुग्ने बताएका हुन् । अबको ६० दिनभित्र सुन्दरीजलमा पानी झरिसक्ने उनको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समिति सदस्य सुरेन्द्र पाण्डले कहिले र कसरी पानी काठमाडौं आइपुग्छ भन्ने प्रश्न गरेपछि जवाफमा कंडेलले भने– ‘विविध प्राविधिक समस्या समाधान गरिसकेका छौं । अहिल दैनिक २ सय मिटरको दरले काम भइरहेको छ । अब यसको गति बढाएर २ सय ५० मिटरसम्म पुर्‍याउने प्रयास गर्नेछौं । यही गतिमा काम भए बन्न बाँकी १० हजार ५ सय ३१ टनेल डेढ महिनाभित्रै बन्नेछन्, र ६० दिनभित्रै सुन्दरीजलमा पानी आइपुग्नेछ ।’ 


Advertisment
Nabil box
Kumari

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पनि छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताए । ठाकुरले भने, ‘अहिले राजधानी उपत्यकामा जोडिएको पाइलाइनमा विष्णुमती र वाग्मतीको पानी पठाएर परीक्षण गर्न लागिएको छ । सुन्दरीजलमा पानी झर्नेबित्तिकै काठमाडौंबासीको घरमा पानी पुग्नेछ ।’

Vianet communication

छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सचिव ठाकुरले निरन्तर काम भइरहेपनि पशुपतिनाथले पनि साथ दिनुपर्ने बताए ।

उनले भने– ‘हामी निरन्तर काम गरिरहेका छौं । पशुपतिनाथले साथ दिए ६० दिनभित्रै पानी काठमाडौंमा आइपुग्नेछ, किनभने हरेक काममा गडले साथ दिनैपर्छ ।’

समिति सभापति दिलकुमारी रावल (पार्वती)ले छिटोभन्दा छिटो काम सम्पन्न गरी राजधानीमा पानी ल्याउन निर्देशन दिइन् ।

‘अब भाका नसार्नुस्, जनतालाई सधैँ ढाँट्ने काम गर्नुहुन्न,’ सभापति रावलले भनिन्, ‘दुई महिना भन्नुभएको छ, समयमै पानी आओस् ।’

बैठकमा खानेपानी मन्त्री वीना मगरलाई समेत बोलाइए पनि अस्वस्थताको कारण देखाउँदै उनी उपस्थित भइनन् ।

सार्वजनिक सरोकारका विषयमा छलफल गरी सरकारको ध्यानाकर्षण गराउन बनेको यस समितिले आगामी १४ गते मेलम्ची आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।

सभापति रावलले छलफलको अन्त्यमा आगामी १४ गते मेलम्ची अनुगमन गर्ने र त्यसपछि बृहत छलफल गर्दै जनतालाई जानकारी दिने बताइन् ।

त्यसअघि समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबारे छलफल गरेको थियो ।

चुरे क्षेत्रमा भइरहेको दोहन रोक्नेबारे भएको छलफलमा वनमन्त्री शक्तिबहादुर बस्नेतले विकास निर्माणका लागि स्रोत साधनको प्रयोग रोक्न नमिल्ने बताए ।

चुरे दोहन कहिले रोकिन्छ भन्ने सांसदहरू प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेले भने, ‘हामीले विकास निर्माण पनि गर्नैपर्छ । बालुवा गिट्टीका लागि चुरे प्रयोग गर्नुको विकल्प छैन । विकास गर्दै यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’

उनले चुरेमा रहेको मानव बस्तीलाई स्थानान्तरणका लागि सोच्नुपर्ने बेला आएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x