
काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेसियामा जाने नेपालीले अब भिषा प्रक्रियामा लाग्ने कुनै पनि प्रकारको पैसा नतिर्नुपर्ने भएको छ । नेपाल र मलेसियाबीच हुने पक्षीय श्रम सम्झौतामा रोजगारदाता कम्पनीले नै कामदारको भिषा प्रक्रियाको सबै शुल्क तिर्ने विषय समेटिएको हो ।
मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताका मस्यौदालाई दिइएको छ ।
सम्झौतामा नेपालले मूख्य रुपमा जोड दिएको विषय कामदारको भिषा प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले नै व्यहोर्ने विषय समावेश भएको छ ।
दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री कुलसेगरन नेपाल आउनेछन् । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण बिष्टले हस्ताक्षर गर्नेछन् ।