२४ असार २०८३, बुधबार

मोदी सरकारका मन्त्री किन आए नेपाल

मोदी सरकारका मन्त्री किन आए नेपाल

काठमाडौँ– भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आएका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरे ।  
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा आएका हुन् । 

यसैबीच, दुबै देशका मन्त्रीहरुको नेतृत्वमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाबारे बैठक शुरु भएको छ ।
 बैठकमा दुबै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्