
सुनसरी–सुनसरीमा आयुर्वेदिक औषधि (ट्यावलेट) सेवन गर्दा अड्किएर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो इटहरी उप–महानगरपालिका ३ बस्ने सन्तोष सारु मगरकी श्रीमती अन्दाजी वर्ष २४ की शान्ति मगरको मृत्यु भएको हो ।
ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्कन गई उनको मृत्यु भएको हो । औषधि अड्किएपछि तत्काल उपचारका लागि बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।