०२ असार २०८३, मंगलबार

प्रदेश राजधानीको विरोधमा हड्ताल, जनजीवन प्रभावित

प्रदेश राजधानीको विरोधमा हड्ताल, जनजीवन प्रभावित

धनगढी–सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण आज दिनभर यहाँको जनजीवन प्रभावित बन्यो । 

यातायात र व्यापार व्यवसाय ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने जङ्गल क्षेत्र मासेर स्थायी राजधानी बनाउने गलत निर्णय गरिएको भन्दै हड्तालमा उत्रिनु परेको बन्दकर्ताले बताएका छन् । 

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार बसेको बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरी क्षेत्रमा बनाउने प्रस्ताव पारित गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्