२७ असार २०८३, शनिबार

नेपाल र भारतका मन्त्रीहरुले गरे पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

नेपाल र भारतका मन्त्रीहरुले गरे पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

वीरगन्ज– अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको अवस्थाबारे नेपाल र भारतका मन्त्रीहरुले अमलेखगन्जस्थित डिपोको ‘स्टेशन वर्क’ स्थलगत निरीक्षण गरेका छन् । 

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र भारतीय आयल कर्पोरेशनका उच्च पदाधिकारीले निरीक्षण गरेको पेट्रोलियम पाइपलाइन निर्माण कार्यालय सिमराका इन्जिनियर शरदकुमार पौडेलले बताए । 

दुवै देशका मन्त्रीहरुले अमलेखगन्जस्थित डिपोको स्टेशन वर्कको निरीक्षण, पाइपलाइन निर्माणको अवस्था तथा प्रगतिबारे जानकारी लिएका थिए । नेपालतर्फ हालसम्म ५० प्रतिशत पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्