२७ जेठ २०८३, बुधबार

फास्टफुडमा रमाउने बानी छ ? मधुमेहको खतरा

फास्टफुडमा रमाउने बानी छ ? मधुमेहको खतरा


घरको खाना छोडेर किंग साइज बर्गर र फ्रेन्च फ्राइमा पल्किने गर्नुभएको छ भने यो खराब बानी तुरुन्तै त्याग्नुस् । यस्ता फास्टफुड नियमित खाने गर्नाले तपाईंको बोसो बढ्ने मात्र नभई मधुमेह पनि हुन सक्छ ।

हावर्ड टिएच स्कुल अफ पब्लिक हेल्थका अनुसन्धाताहरूले निष्कर्ष निकाले अनुसार बाहिरको खाना खाने मान्छेलाई त्यस्ता खानेकुराले ऊर्जा त बहुतै दिन्छन् तर एकरत्ति पोषण दिँदैनन् । यिनले वजन बढाउँछन् अनि टाइप २ मधुमेहको सम्भावना गराउँछन् ।

विशेषगरी रातिको खाना घरमा खाने मान्छेलाई बाहिरको खाना खाने मान्छेसँग तुलना गर्दा १५ प्रतिशत कम मधुमेह भएको पाइयो । हप्तामा बढीमा दुईचोटि मात्र बाहिरको खाना खानु स्वास्थ्यको दृष्टिकोणले उत्तम हुने विशेषज्ञहरू बताउँछन् ।

मधुमेहबाट बच्नका लागि व्यवहारमा बदलाव, नियमित व्यायाम र स्वस्थ खानपानमा जोड दिनुपर्छ । अब यससँगै बाहिरको खाना नखाने सल्लाह पनि दिइन्छ ।
-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्