०८ साउन २०८३, शुक्रबार

संसारको सबभन्दा सस्तो स्मार्टफोन बनाउने पक्राउ

कात्तिक २०, २०७४
संसारको सबभन्दा सस्तो स्मार्टफोन बनाउने  पक्राउ
काठमाडौं — संसारको सबभन्दा सस्तो स्मार्टफोन बनाएको दाबी गर्ने रिंगिंग बेल्स नामक भारतीय कम्पनीका निर्देशकलाई ठगीको आरोपमा पक्राउ गरिएको छ ।


फोनका वितरकहरूमध्येका एकले पैसा तिरेपनि निर्देशक मोहित गोएलले फोन उपलब्ध नगाएको दाबी गरेपछि प्रहरीले गोएललाई पक्राउ गरेको हो ।

फ्रीडम २५१ फोनको मूल्य जम्मा ४२२ रुपैयाँ (२५१ भारु) राखिएको थियो । सन् २०१६ को फेब्रुअरीमा यसलाई प्रिसेलमा लगिएको थियो ।

हुन त धेरै ग्राहकले फोन पाएपनि रिंगिंग बेल्सले सबै माग पूरा गर्न सकेन ।

वितरक कम्पनी आयाम इन्टरप्राइजेजले गोएलको बहकाउमा परी चार लाख ८० हजार रुपैयाँ तिरको भएपनि सबै फोन नै हात नपरेको गुनासो गरेको थियो ।

आफूले एक लाख ७० हजार बराबरको फोन मात्र पाएको उसले दाबी ग–यो र आफ्ना कर्मचारीले बारम्बार पैसा माग्दा मारिदिने धम्की पाएको उसले बतायो ।

प्रहरी प्रवक्ता राहुल श्रीवास्तवले गोएल पक्राउ पुष्टि गरे र गोएल अदालतमा शुक्रवार पेश हुने बताए । अरू राज्यबाट पनि यस्तैखाले गुनासा आएका उनले बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्