०८ साउन २०८३, शुक्रबार

एम्बाप्पे भित्र्याउनका लागि म्यानचेस्टर सिटीले ३० अर्ब खर्च गर्ने चर्चा

एम्बाप्पे भित्र्याउनका लागि म्यानचेस्टर सिटीले ३० अर्ब खर्च गर्ने चर्चा

काठमाडौं — इंग्लिश प्रेमियर लीग च्याम्पियन म्यानचेस्टर सिटीले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेलाई भित्र्याउने इच्छा देखाएको खबर आएको छ । 

द सन पत्रिकाले दाबी गरेअनुसार, व्यवस्थापक पेप ग्वार्डिओला एम्बाप्पेलाई भित्र्याएर सिटीलाई च्याम्पियन्स लीग जित्नका लागि योग्य बनाउन चाहन्छन् । र उनलाई क्लबमा ल्याउनका लागि उनी कीर्तिमान ३० अर्ब रुपैयाँ पनि तिर्न तयार छन् । 

विश्वविजेता एम्बाप्पेलाई भित्र्याएमा सिटीलाई जित्न अन्य क्लबलाई एकदम मुश्किल पर्छ । तर यूईएफएको फाइनान्सियल फेयर प्लेको पालना गर्नका लागि सिटीले रहीम स्टर्लिङलाई बेच्नुपर्ने हुन्छ । 

तर पेरिस सेन्ट–जर्मेन क्लब एम्बाप्पेलाई बेच्न चाहँदैन । हुन त फाइनान्सियल फेयर प्लेको डण्डा चलेमा पीएसजीले एम्बाप्पेलाई बेच्नुपर्ने हुन सक्छ किनकि टोलीमा महंगा खेलाडी दुईदुईवटा छन् । सिटीले कथंकदाचित् एम्बाप्पेलाई भित्र्याएमा नेयमार सर्वाधिक महंगा खेलाडी रहनेछैनन् । 

salt training

कमेन्ट गर्नुहोस्