०५ असार २०८३, शुक्रबार

५० लाखबाट ५ लाखमा झरेको फिरौती नदिँदा विद्यार्थीको हत्या

५० लाखबाट ५ लाखमा झरेको फिरौती नदिँदा विद्यार्थीको हत्या

विराटनगर – गत असोज ७ गते आइतवार एक व्यक्तिको शव विराटनगर महानगरपालिका–१४ र १७ को सीमानामा रहेको पैनीको ह्युमपाइपमा भेटियो ।

असोज १ गतेदेखि हराएका ती व्यक्तिबारे प्रहरीलाई २ गते नै खबर भएको थियो । करीब ५ दिनपछि मात्र ह्युमपाइपमा शव गन्हाएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरे ।

शव भेटिएको ह्युमपाइपबाट डोजरको सहयोगमा शवको उत्खनन् गरिएको थियो । उत्खनन् गरिएको शव प्रहरीले पोस्टमार्टमको लागि कोशी अञ्चल अस्पतालमा पठाएको थियो । तर, त्यहाँ पोस्टमार्टम सफल नहुने भएपनि शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा त्यहाँ पोस्टमार्टम भएको थियो ।

यता, हराएको व्यक्तिबारे प्रहरी खोजीमा लागेको थियो । तर, उनको अवस्थाबारे प्रहरीले केही थाहा पाएको थिएन । तर, १ गते अपहरणमा परेका व्यक्तिको बारेमा भने खोजी जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज केसीले घटनाबारे अनुसन्धानमा ७ गते भेटिएको शव १ गते हराएको भनिएका व्यक्ति मोहम्मद अस्फाक आलम नै भएको पुष्टि भएको जानकारी दिए ।

आइतवार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका प्रहरी उपरीक्षक केसीले घटना हुनुको पछाडिको कारण पैसाको लेनदेन भएको बताए । हराएको व्यक्तिबारे अनुसन्धान भइरहेकोे अवस्थामा शव भेटिएपछि प्रहरीले दोहोरो अनुसन्धान शुरू गरेको थियो । त्यसैको आधारमा प्रहरीले आलमको शव भएको पुष्टि गरेको हो । 

प्रहरीले दिएको जानकारी :

असोज १ गते साँझ विश्वकर्मा पूजाको दिन हराएका व्यक्ति आलमसँग विराटनगर महानगरपालिका–१८ को २ नम्बर ढाट नजिक २ जनाले भेटे । उनीहरू एक होटलमा मादक पदार्थ सेवन गरे र तीनै जना त्यहाँबाट हिँडेका थिए ।

त्यहाँबाट मण्ट्रापोखरीको बाटो हुँदै गएका उनीहरू विराटनगर महानगरपालिका–१८ हुँदै बुधनगर जाने बाटो अघि बढे  ।  जहाँ  उनको शव भेटिएको थियो । त्यहाँ मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलमले आलमलाई ढुंगाले हान्न थाले ।

घटनास्थलमै रहेको ढुंगाले मोहम्मद अस्फाक आलमलाई प्रहार गर्दा उसको घटनास्थलमै मृत्यु भएको प्रहरी अनुसन्धानमा देखिएको छ । यसरी अपहरणमा परेको व्यक्ति र घटना भएको व्यक्ति एउटै भएको प्रहरीको अनुसन्धानबाट देखिएपछि घटना पुष्टि भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

त्यसैको आधारमा हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ बस्ने २० वर्षीय मोहम्मद सद्दीम हुसेन र २१ वर्षीय मोहम्मद आसिफ आलम रहेका छन् । उनीहरूलाई आइतवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । 

५० लाख फिरौती माग

हत्या गरिएका व्यक्तिका परिवारसँग यी दुवै व्यक्तिले फिरौती माग्ने हिसाबले यसरी घटना घटाएको प्रहरीले जनाएको छ । पैसा माग्नको लागि विभिन्न नम्बरको प्रयोग गरी फोन गरेको समेत प्रहरीले जनायो । 

पैसाका लागि अपहरणको नाटक गरी हत्या भएको ईलाका प्रहरी कार्यालय रानी र सीआईबी सहितको टोलीले पत्ता लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अपहरण गर्ने बित्तिकै ती दुवै जनाले मृतकका परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेकोमा ५० लाख तिर्न नसक्ने भएपछि उनीहरू ५ लाख दिनुपर्ने भन्ने बार्गेनिङ गरेको प्रहरी उपरीक्षक केसीले बताए । 

हत्या भएको अवस्थामा भेटिएको शव विराटनगर–१६ मा रहेको गौतमबुद्ध स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको पुष्टि भएको छ । उनी नियमित विद्यालय नआउने विद्यार्थीमध्ये एक भएको विद्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्