०३ असार २०८३, बुधबार

विद्युत प्राधिकरणका कर्मचारी घुससहित रंगेहात पक्राउ

विद्युत प्राधिकरणका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । 

एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उनलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बद्नियताका साथ हानी पुर्‍याएको भन्ने उजुरीका आधारमा छानबिन हुँदा बद्नियत देखिएको आयोगले ठहर गरेको छ । 

नेपालीकरकणका लागि प्राप्त निवेदन र सो साथ संलग्न भएका अन्य कागजात र सफल परीक्षार्थीका उत्तर पुस्तिका लगायतका कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात धुल्याइ नष्ट गरेको अभियोग उनीहरुमाथि लागेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्