०३ असार २०८३, बुधबार

एकसाथ पिएचडी गरेर विश्व कीर्तिमान बनाए एकै परिवारका यी दिदीबहिनीले

कात्तिक २०, २०७४
एकसाथ पिएचडी गरेर विश्व कीर्तिमान बनाए एकै परिवारका यी दिदीबहिनीले
छोरी जन्मेकामा चिन्ता गर्ने पुरानो सोच भएकाहरूलाई झापड हान्ने एउटा समाचार आएको छ । छोरीले पनि छोराले जस्तै ठूलठूला उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरा यो समाचारले प्रमाणित गरिदिएको छ ।phd-sistersभारतको मध्य प्रदेशको रीवा जिल्लामा रहेको एकै परिवारका तीनजना छोरीले अनौठो उपलब्धि हासिल गरेका छन् । तीनैजनाले एक साथ पिएचडी सिध्याएर विश्व कीर्तिमान कायम गरेका छन् । अवधेश प्रताप सिंह विश्वविद्यालयबाट एकै दिन पिएचडीको उपाधि लिएर यी तीनजना दिदीबहिनीले लिम्का बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । रीवाको सानो गाउँ रकारियामा बस्ने यी तीन दिदीबहिनीले यही भदौ ११ गते पिएचडीको उपाधि लिएका हुन् । लिम्काले यी दिदीबहिनीको रेकर्ड दर्ता गरेर अर्को वर्ष निस्कने वर्षपुस्तिकामा प्रकाशित गर्ने बताएको छ । यी दिदीबहिनीको उपलब्धिबाट पूरा परिवार एकदमै खुशी छ र त्यो इलाका नै गौरवान्वित भएको छ । हाल तीनैजनाको बिहा भइसकेको छ र उनीहरू दिल्लीमा बस्ने गरेका छन् । पञ्चायत इन्स्पेक्टर विजयशंकर मिश्राका यी छोरीहरू नारीशक्तिका अनुपम उदाहरण हुन् । अर्चना मिश्राले ‘भारतका परम्परामा बाँधिएका नारी : एक अध्ययन’, अञ्जना मिश्राले ‘रीवामा खानेपानीको गुणस्तर र पानीजन्य रोग : एक अध्ययन’ र आसू मिश्राले ‘सतना जिल्लाको खानेपानीको भौतिक रासायनिक तथा जीववैज्ञानिक तत्वको मूल्यांकन’ विषयमा पिएचडी गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्