०३ असार २०८३, बुधबार

सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दाबी

असोज १४, २०७५
सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दाबी

लेबनान- सिरियाली विद्रोही गठबन्धनले राज्यको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबिहीन बनाउन सहमत भएको भनी आएका समाचारको खण्डन गरेको छ । 

गठबन्धनका प्रवक्ताले एएफपीसँग भने, सिरियाको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबाट टाढा राख्न विपक्षी समूह सहमत भएको भन्ने खबर विल्कुल निराधार हो । 

यो क्षेत्रमा सक्रिय कुनै मोर्चा वा समूहले सैन्य गतिविधिमुक्त क्षेत्र बनाउन सहमत भएको छैन, टर्की पक्षधर नेशनल लिबरेशन फ्रन्ट ( एनएलएफ)का प्रवक्ता नाजी मुस्ताफाले भने । 

सिरियाली मानव अधिकार अनुगमन समूहले यस पहिले दिएको जानकारीमा एनएलएफको एक समूहले ठूला हतियार बिसाउन तयार भएको जनाएको थियो । टर्की र रूसबीच उक्त क्षेत्रमा शान्ति क्षेत्र घोषणा गर्ने सहमति अनुसार एनएलएफले हतियार बुझाउन तयार भएको भनाई आएको बताइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्