काठमाडौं, १३ फागुन - नेपाली सेनाले होटल टुँडिखेलमा बन्धक बनाइएकाहरूको उद्धार गरेको छ । तर यो झुटो समाचार हो । किनकी सेनाले यथार्थतामा नभइ सैन्य कला देखाउने क्रममा होटलमा बन्धक बनाएइकाहरुको उद्वार गरेको थियो ।
सेना आफैले टुँडिखेलमा बनाएको होटल टुँडिखलबाट सेनाले अपहरणपछि बन्धक बनाएकाहरूको उद्वार गरेको चित्र देखाएको थियो । सेनाले हेलिकम्पटरबाट होटलको छतमा सेनालाई झारेर होटलभित्र रहेका बन्धकको उद्वार गरेको थियो ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा नेपाली सेनाले व्यावसायिक कार्यकुशलतालाई झल्काउने सैनिक कौशल प्रस्तुत गर्दै ।