
सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको लामोसाँघु बजारक्षेत्रमा पहिरो पन्छाउने क्रममा मुना घिमिरे । तस्बिर : अनिश
(सिन्धुपाल्चोक) - जुरे–लामोसाँघु सडकखण्डको पहिरो । एस्काभेटरले बाटो पन्छाउनु उनको दैनिकी । डोजर चलाउन थालेको १९ वर्ष भयो ।
मुना घिमिरे तनहुँ आँबुखैरेनीकी हुन् । २०७२ मा जुनियर अपरेटरका रूपमा सरकारी सेवा पसेकी उनी अहिले सडक विभागको हेभी इक्विपमेन्टमा सिनियर अपरेटर छिन् । मुलुकमै एस्काभेटर चलाउने पहिलो महिला बन्न उनको संघर्ष कथा अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।