२८ असार २०८३, आइतबार

'शिवतन्त्रम्', तन्त्रको क्षेत्रमा ठूलै योगदान

कात्तिक २०, २०७४
'शिवतन्त्रम्',  तन्त्रको क्षेत्रमा ठूलै योगदान

पुस्तकवारे समालोचना

'शिव तन्त्रम्' सरसति हेर्दा तन्त्रमा अर्को एक महत्व बोकेको ईटा थप भएको छ । यसले तन्त्रको क्षेत्रमा ठूलै योगदान दिन सक्ने देखिन्छ ।

लेखकले यो पुस्तकलाई पुस्तकको रूप दिन ठूलै मेहनत गरेको प्रष्ठ देखिन्छ।यो किताव हेर्दा यस्तो लाग्छ यति धेरै किताव अध्यन गरि यस प्रकारको किताव वनाउन साधारण मनोवलबाट सम्भव छ? यसले शिव भक्त तान्त्रिकले चाहे अनुसारको पुस्तक पाएका छन भने कर्मकाण्डिका लागि तान्त्रिक र वैदिक दुवै विधिले पुजा गराउन सक्ने पुस्तक पाएका छन्।

शिव सम्वन्धि ऐतिहासिक अनुसंधान गर्नेकोलागि यो पुस्तक वरदान हुन सक्दछ। शिव सुत्र र पशुपत सुत्र एउटै पुस्तकमा राखि सरल र सहज रूपले स्पष्ट पारेर सबैकोलागि लेखकले गुन लागाएका छन ।

पशुपति क्षेत्र र भित्र रहेका कुराको विस्तृत वर्णन र राखियका फोटाहरू पनि प्रसंसा योग्य छन।शिव स्तुति यथा स्थानमा राखेर पुस्तक अरू उपयोगि हुन पुगेकोछ।

कितावको कवर पेज उत्कृष्ट भए पनि मुद्रनमा सुधार गर्नु पर्ने देखिन्छ। फोटाहरू मिलाउदा समेत कुनै ख्याल नपुगेको देखिन्छ।महिम्न स्तोत्रको प्रारूप छपाईमा नमिलेको देखिन्छ यसमा सजक हुनै पर्छ ।

पुस्तक समालोचक 
धनञ्जय शिवाकोटी
सिफल काठमाण्डौबाट

salt training

कमेन्ट गर्नुहोस्