
काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका छोरा आयुष विष्टको डीएनए नेगेटिभ देखिएसँगै ‘निर्मलाको नाममा न्यायको बलात्कार’ शीर्षकमा मुख्य समाचार छापेको छ ।
समाचारमा लेखिएको छ–डीएनए परीक्षणले उनीहरुलाई सफाई दिएको छ । निर्मलाको शवबाट संकलित नमुना आफैंसँग राखेर प्रहरीले आशंका गरिएका तीनजनाको नमुना मात्र विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । रगतको आधारमा विधिविज्ञानले तीनजनाको डीएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो । प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुई थरी नमुना म्यान नभएको ठहर गर्यो ।
पत्रिकाले जनताले रगत बगाउँदै उठाएको आवाज मूल्यहीन भएको पनि लेखेको छ ।