२८ असार २०८३, आइतबार

ओली र प्रचण्ड विदेश भ्रमणमा रहेको बेला नेता नेपाल चीन प्रस्थान

ओली र प्रचण्ड विदेश भ्रमणमा रहेको बेला नेता नेपाल चीन प्रस्थान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेको समयमा नेकपाका तेस्रो वरियताका नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । 

चाइना एयरको विमान मार्फत नेता नेपाल सोमवार दिउँसो चीन प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरिका गएका प्रधानमन्त्री ओली कोस्टारिका भ्रमणमा छन् । 

पत्नीको उपचारका लागि प्रचण्ड सिंगापुर गएका छन् । दुई अध्यक्ष विदेशमा रहेको बेला माधव नेपालले राजनीतिक सक्रियता बढाएसँगै पार्टीभित्र विवाद देखिएको छ । 

सरकारको कार्यशैली र पार्टी भित्रको जिम्मेवारीको विषयलाई लिएर नेकपा भित्र विबाद देखिएको छ । 

पार्टी भित्रको विबादको बिषयमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच आइतवार बिहान टेलिफोन कुराकानी भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्