०२ असार २०८३, मंगलबार

अमिताभमाथि क्रोध पोखिन् तनुश्री दत्ताले

अमिताभमाथि क्रोध पोखिन् तनुश्री दत्ताले

काठमाडौं — तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि अहिले उनी चर्चामा छिन् । तनुश्रीको बयानपछि बलिउड सेलेब्रिटीहरू उनको पक्षमा उभिएका छन् । 

तर केही अन्यले भने नानालाई समर्थन दिएका छन् । र केही सेलेब्रिटीले चाहिँ कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । 

यी पछिल्ला किसिमका सेलेब्रिटीमध्ये एक सुपरस्टार अभिताभ बच्चन पनि हुन् । केही समयअघि एउटा समारोहमा बच्चनलाई यस विषयमा प्रतिक्रिया दिन भन्दा उनले कुनै जवाफ दिन मानेनन् । त्यसपछि तनुश्री उनीमाथि भड्किएकी छन् । 

हालै उनले मिडियासँग कुरा गर्दै अमिताभको प्रतिक्रियाबाट आफू निराश भएको बताइन् । उनले भनिन्, ‘यी सेलेब्रिटीहरू सामाजिक मुद्दामा फिल्म बनाउँछन् तर त्यही मुद्दा वास्तविक जीवनमा आउँदा चुप लाग्छन् । कुनै विषयमा दह्रो
गरी उभिनुपर्ने स्थिति आउँदा उनीहरू टालटुले जवाफ दिन्छन् जसको कुनै अर्थ हुँदैन ।’

उता नाना पाटेकरले चाहिँ फिल्मको शूटिङबाट फर्केपछि पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने बताएका छन् । उनले तनुश्रीमाथि कानूनी कारवाही पनि गर्ने बताए । 

नानाले तनुश्रीलाई एक लिगल नोटिस पठाएको कुरा आएको भएपनि तनुश्रीले आफूलाई कुनै नोटिस नआएको बताइन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्