
देशको पश्चिमी प्रान्त शिनजियाङमा अल्पसंख्यक मुसलमान प्रति चिनियाँ व्यवहारका कारण चीन सरकारको आलोचना भइरहेको छ । आलोचकका अनुसार चीन सरकाले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई विशेष क्याम्पमा राखिएको छ ।
अगस्टमा संयुक्त राष्ट्र संघीय कमिटीले बताए अनुसार शिनजियाङमा करिब दश लाख मुसलमानलाई एक प्रकारको हिरासतमा राखिएको छ जहाँ उनीहरुलाई दोस्रो पटक शिक्षा दिइरहिएको छ ।
करिब १० लाख मानिसलाई हिरासतमा राखिएको रिपोर्ट ह्युमन राइट वाचले पनि जनाएको छ । मानवअधिकार संगठनहरुका अनुसार एक प्रकारको हिरासतमा राखिएको मानिसलाई चिनियाँ भाषा सिकाइरहिएको छ र उनीहरुलाई चिनियाँ राष्ट्रपति शी जिनपिङप्रति वफादार हुने शपथ खुवाइएको छ । साथै मानिसहरुलाई उनीहरुको धर्म संस्कृतिको आलोचना गर्न लगाइएको छ ।
चीनले यो समाचारको खण्डन गरेको छ तर यस बीचमा शिनजियाङमा मानिसहरुमाथि निगरानीको कयौं प्रमाणहरु सार्वजनिक भएका छन् ।
को हुन् वीगर ?
चीनको पश्चिमी प्रान्त शिनजियाङमा बस्ने एक करोड भन्दा धेरै वीगर समुदायका धेरैजसो मानिस मुसलमान छन् । उनीहरु सांस्कृतिक रुपमा मध्य एशियाली देशको नजिक मानिन्छन् । उनीहरुको भाषा पनि तुर्कीसँग मिल्दो जुल्दो छ ।
तर हालका वर्षमा ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह हान चिनियाँलाई शिनजियाङमा बस्नु एक संवेदनशील मुद्दा बनेको छ । वीगर मानिसलाई लाग्छ कि उब उनीहरुको रोजी रोटी र संस्कृति खतरामा परेको छ ।
शिनजियाङ चीनको पश्चिममा देशको सबैभन्दा ठूलो प्रान्त हो । यसको सीमा भारत अफगानिस्तान तथा मंगोलिया जस्तो देशसँग जोडिएको छ । यसलाई तिव्वतजस्तै स्वायत्त क्षेत्र भनिएपनि यहाँको सरकारको चाँवी बेजिङसँग छ ।