३१ जेठ २०८३, आइतबार

डीजीआई ड्रोन नेपाली बजारमा, आईएम एस ग्रुप आधिकारिक बिक्रेता

डीजीआई ड्रोन नेपाली बजारमा, आईएम एस ग्रुप आधिकारिक बिक्रेता

ड्रोन व्यवसायको सत्तरी प्रतिशत बजार हिस्सा ओगटेको डीजीआई विश्वकै सबैभन्दा शीर्ष स्थानमा पर्ने व्यवसाय हो । 

क्यामेरा ड्रोन एरियल फोटोग्राफीको स्टेपलाइजर र भिडियोग्राफिका डीजीआई विश्व प्रख्यात छ । विशेष  श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको डीजीआई, कम उचाई एरियल तस्बिरका लागि पहुँच योग्य छ । अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधिपनि सजिलो यन्त्रमा परिणत हुन्छ ।

आईएम एस ग्रुपले नेपालमा हाललाई तल उल्लेखित डीजीआइका मोडलहरु उपलब्ध गराउनेछ :

  • Mavic 2 Zoom
  • Spark Controller Combo White
  • Mavic Air Black
  • Mavic Air White
  • Tello Global
  • Phantom 4 Pro V2.0
  • Spark Fly More Combo Red
  • Tello Boost Combo
  • Osmo Mobile 2

Osmo Mobile 2 Part 1 Base

माथि उल्लेखित मोडलहरु संगै डीजीआई अरु नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने छन्। साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।

आई एम एस गु्रपका प्रमुख कार्यकारी निर्देशक श्री दिकेश मलहोत्राले“फेरि पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजीआई ड्रोन नेपाली बजारमा भित्र्याउन पाएकोमा हामी एकद मै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्षभनेको ग्राहकको सन्तुष्टि र अनुभवमानिरन्तर सुधारगर्नु नैै हो” भन्नुभयो । 

के हो आईएम एस गु्रप ?

आईएम एस गु्रप२० ओटा कम्पनीहरुको साझा समूहहो । या गु्रप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई एम एस सन्  १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्र्याउने आधिकारिक गु्रप हो । यस गु्रपले स्थापना भएको २५ वर्षमा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्या बाट बुझिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्