२५ जेठ २०८३, सोमबार

आगामी वर्षभित्र नेपाल ‘साक्षर देश’ घोषणा हुने

आगामी वर्षभित्र नेपाल ‘साक्षर देश’ घोषणा हुने

महोत्तरी– मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् । सोमबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ४ र ५ लाई विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

अनिर्वाय तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ असोज ३ गतेको दिन राष्ट्रपतिबाट पारित गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले ऐनमा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क शिक्षाका रुपमा दिइने सरकारी तयारी रहेको बताए । 

सरकारले अनुगमनका क्रममा देशभरिमा तीन लाख १३ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजानिक गरेकामा यस वर्ष पहिलो चरणमा दुई लाख ५३ हजार र दोस्रो चरणमा एक लाख ५९ हजार बालबालिका भर्नाको तयारीमा रहेको मन्त्री पोखरेलले बताए । सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अभिभावक तथा शिक्षकले समेत जिम्मेवार हुनुपर्नेमा मन्त्री पोख्रेलले जोड दिए । २०८५ सालसम्ममा शिक्षा नलिनेले बैंकमा खाता खोल्न नपाउने जस्ता नियमावली पनि ऐनमा समावेश गरिएको बताए । 

राष्ट्रिय शिक्षा अभियानअन्तर्गत सामुदायिक विद्यालयलाई परिवर्तन गर्ने, विद्यालयलाई हरित शैक्षिक संस्था बनाउने, प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिन, २०७६ सालसम्ममा नेपाललाई साक्षर नेपाल बनाउने र विश्वविद्यालयलाई ज्ञानमा आधारित समाज निर्माण गर्ने विश्वविद्यालय बनाउने भनी पाँच बुँदा रहेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए । 

सो कार्यक्रमबीच नगरप्रमुख अशोक मण्डलले विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको जिल्लाकै मटिहानी पछिको दोस्रो वडाका रुपमा घोषणा गर्न पाएकामा खुशी व्यक्त गरे । गैरआवासीय संस्था फिनल्याण्डको सहयोगमा रामगोपालपुर नगरपालिका–४ र ५ लाई विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्