०९ साउन २०८३, शनिबार

विद्यार्थीको समूहद्वारा त्रिभुवन विश्वविद्यालयमा तोडफोड

विद्यार्थीको समूहद्वारा त्रिभुवन विश्वविद्यालयमा तोडफोड

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीको एक समूहले तोडफोड गरी शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीमाथि दुर्व्यवहार गरेका छन् । 

अपराह्न १३ः३० बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नाका साथै शिक्षाध्यक्ष कार्यालयमा कार्यरत कर्मचारी समेतलाई त्रसित पारेको शिक्षाध्यक्षको कार्यालयका प्रमुख निर्मल मिश्रले जानकारी दिए । तोडफोडका कारण दुईवटा कुर्सी र टेबलमा क्षति पुगेको छ । 

शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रम उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउँदागराउँदै पनि ८–१० जना विद्यार्थीले दुर्व्यवहार गरेकाे प्रा डा त्रिपाठीकाे भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्