१३ असार २०८३, शनिबार

अरिङ्गालको गोलो झार्न खोज्दा ज्यान गयो

असोज १५, २०७५
अरिङ्गालको गोलो झार्न खोज्दा ज्यान गयो

जाजरकोट- भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 
स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो । 

स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उहाँलाई टोकेर थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उहाँमाथि अरिङ्गाल खनिएर टोकेका थिए । 

गम्भीर बिरामी परेका उहाँलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्