२२ जेठ २०८३, शुक्रबार

नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै ‘वलात्कारी’

असोज १६, २०७५
नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै ‘वलात्कारी’

स्टकहोम– चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी।एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ । 
एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक लेख्छ– स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको पनि समाचारमा उल्लेख छ ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो ।

स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्