
अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाले नियोनल मेसीलाई राष्ट्रिय टोलीबाट सन्न्यास लिन सुझाव दिएका छन् ।
क्लब फुटबलमा मेसीको उच्च प्रदर्शन रहेपछि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन र टिमलाई जिताउन नसकेको भन्दै म्याराडोनाले मेसीलाई सन्न्यास लिन सुझाव दिएका हुन् ।
मेसीको कम्तानीमा रहेको अर्जेन्टिना दुई महिनाअघि रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो । एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिकमा खबर छापिएको छ ।