
काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् ।
सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका छन् । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ ।
‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्याउँदा पनि किसानले उखुको भुक्तानी पाएनन् । न त सरकारले अनुगमन नै गर्यो,’ पूर्वआपूर्तिमन्त्री समेत रहेका नेकपाका नेता लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ ।’
आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।