०६ साउन २०८३, बुधबार

छाडा चौपाया व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश

छाडा चौपाया व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश
सन्दर्भ तस्वीर

कञ्चनपुर-उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले सोमबार कञ्चनपुरका चार नगरपालिकालाई छाडा चौपाया व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले छाडा चौपायालाई राजमार्ग, सार्वजनिकस्थल, बजार, मठमन्दिरबाट हटाइ चौपायाको उचित व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो ।

भीमदत्तनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले आइतबार कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग क्षेत्र पर्ने भीमदत्तनगरपालिका, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नगरप्रमुख र वडाध्यक्ष (पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने)लाई विपक्षी बनाई निषेधाज्ञा र परमादेशको आदेश गरी पाऊ भनी उच्च अदालतमा निदेवन दर्ता गर्नुभएको थियो । 

अन्तरिम आदेशमा छाडा चौपायाको उचित व्यवस्थापन गरी नागरिक सुरक्षा, छाडा पशुका कारण सवारीसाधन आवागमनमा समेत बाधा पर्न गएको भन्दै उच्च अदालत दिपायल, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको उच्च अदालत दिपायल, महेन्द्रनगरका निमित्त रजिष्ट्रार तीर्थराज भट्टले जानकारी दिनुभयो ।

उच्च अदालत बार एशोसियसन महेन्द्रनगरका अध्यक्षसमेत रहनुभएका अधिवक्ता रावलले छाडा चौपायाको व्यवस्थापन नहुँदा सवारीसाधन दुर्घटनासँगै, विभिन्न समस्या निम्तिएको भन्दै यहाँका चार स्थानीय तहलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको हो । “यो सार्वजनिक महत्वको अति संवेदनशील विषय हो,” उहाँले भन्नुभयो, “छाडा चौपायाकै कारण दुर्घटना बढ्नुका साथै किसान मारमा परेका छन् ।” 

salt training

कमेन्ट गर्नुहोस्