
काठमाडौं–देशभरि नै बलात्कारका घटना भइरहेका वेला चितवनमा पछिल्ला ४ दिनमा ४ घटना भएका छन् ।
बलात्कारको सिकार हुनेमा ३, ७ र १५ वर्षका तीनजना बालिका छन् । एकजना भने मानसिक अवस्था ठीक नभएकी ४५ वर्षीया महिला छिन् । प्रहरीले ३ घटनाका आरोपीलाई पक्राउ गरिसकेको छ । एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएका छन् ।