२२ जेठ २०८३, शुक्रबार

निर्मलालाई न्याय आन्दोलन : सरकारी गाडीमा तोडफोड, नेविसंघको बन्द

निर्मलालाई न्याय आन्दोलन : सरकारी गाडीमा तोडफोड, नेविसंघको बन्द

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलित प्रदर्शनकारीले सरकारी वकिल कार्यालय कञ्चनपुरको गाडीमा तोडफोड गरेका छन् ।

बा२झ २७१५ नम्बरको कार्यालयको गाडीको शीशा तोडफोड भएको छ । सरकारले बलात्कारी–हत्यारा पत्ता लगाउन ढिलासुस्ती गरिरहेको भन्दै प्रदर्शनकारी मंगलवारदेखि आक्रामक भएका छन् ।

नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गरेको छ । बन्दका कारण शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द छन् । 

सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रेको छ । 

salt training

कमेन्ट गर्नुहोस्