३० जेठ २०८३, शनिबार

विमानस्थलमा बेवारिसे झोलालाई बमले उडाइयो, सामान देखेर प्रहरी छक्क

विमानस्थलमा बेवारिसे झोलालाई बमले उडाइयो, सामान देखेर प्रहरी छक्क

काठमाडौं — इटलीको रोमस्थित  विमानस्थलमा सोमवार बेवारिसे झोलाका कारण भागाभाग भयो । प्रहरीले झोलामा बम रहेको आशंका गर्दै त्यसलाई पड्काएपछि त्यहाँभित्र नरिवल पाइयो ।

नरिवल भेटेपछि प्रहरी छक्क पर्‍यो । घटनाका कारण विमानस्थल केहीबेरका लागि बन्द भयो । 

नेड डोनोभान नामक एक स्वतन्त्र पत्रकारले यस घटनाका बारेमा ट्विटरमा जानकारी दिए । 

डोनोभानले लेखिन्, ‘गजब, इटली प्रहरीले नरिवल भरिएको झोलालाई विस्फोट गरेर उडायो अनि प्रहरीहरू घटनास्थलबाट गए र विमानस्थलको सरसफाइ कर्मचारीलाई गर्न लगाए । उनीहरूले बम भन्ठानेको कुरा त खासमा नरिवल
पो रहेछ । मानिसहरू १० मिटर नजिकै थिए तर प्रहरीलाई बम पड्काउन डर लागेन । अझ प्रहरीले सरसफाइ पनि गरेनन् ।’

यो घटनापछि इटली प्रहरीको बिजोग देखिएको भनी मानिसहरूले ट्वीट गरेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्