
काठमाडौं - एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जीत दर्ता गरेको छ ।
शुरूका दुई खेलमा भारत र अफगानिस्तानसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो ।
२ सय ६९ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ८९ रनको योगदान गरे । ८७ बलको सामना गरेका पौडेलले ६ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै सन्दीप जोराले ६८, कप्तान आसिफ शेखले ३५, रसिद खानले २७ तथा रित गौतमले १८ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन जोडेको थियो ।