०४ असार २०८३, बिहीबार

रुखमा झुन्डिएको अवस्थामा शव फेला, हत्या कि आत्महत्या ?

कात्तिक २०, २०७४
रुखमा झुन्डिएको अवस्थामा शव फेला, हत्या कि आत्महत्या ?

भक्तपुर, १३ फागुन - भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका– ३ बालकोटमा आज एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।dead_1

ओखलढुङ्गा घर भई हाल बागमती बस व्यवसायीद्वारा सञ्चालित बालकोट कलङ्की रुटमा चल्ने बा२ख ७०१० नंको माइक्रोबसका सहचालक (खलासी) का रुपमा कार्यरत अन्दाजी २१ वर्षीय आशिष खड्काको शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक प्रकाश घिमिरेले जानकारी दिए ।

भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोला पुलको किनारामा रहेको वरपिपलको रुखमा झुन्डिएको अवस्थामा बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । हत्या हो या आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्