×

NIC ASIA

एक वृद्धाबाट शुरू भएको बालक अपहरणको हल्लाले प्रहरीलाई दिनभर तनाव, भएको के थियो ?

असोज १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – मंगलवार दिउँसो २ बजे । महानगरीय प्रहरी परिसर काठमाडौंको कन्ट्रोलमा एउटा सूचना आयो– गोठाटार क्षेत्रबाट एक बालक अपहरणमा परे । 

Muktinath Bank

बालक अपहरणको सूचना आएपछि ५ मिनेटको अन्तरालमा करीब एक सयको संख्यामा प्रहरी परिचालन भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसार काठमाडौं, अपराध महाशाखा, प्रहरी प्रभाग काँडाघारी, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त गौशाला, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी परिसर भक्तपुरबाट समेत प्रहरीको छुट्टा–छुट्टै टोली परिचालन भयो । 


Advertisment
Nabil box
Kumari

प्रहरीको टोली घटनास्थल भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वतर्फको तेजविनायक चोक पुग्यो । ठाउँ–ठाउँमा नाकाबन्दी गरेर चेकजाँच पनि हुनथाल्यो । 

Vianet communication

घटनास्थलको सीसीटीभी फुटेज समेत अध्ययन गरियो । अपहरणमा परेको भनिएका बालकको पहिचान खोज्न स्थानीयसँग सूचना पनि संकलन थालियो । तर कसैले पनि आफ्नो बच्चा हराएको भन्दै प्रहरीलाई सूचना दिएन । 

खोजी शुरू गरिएको करीब २ घण्टासम्म पनि अपहरणमा परेको भनिएको बच्चाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले कन्ट्रोल रुममा फोन गर्ने व्यक्तिको खोजी गर्‍यो । 

बालक अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गर्ने व्यक्ति गोठाटारमै बस्ने स्थानीय रहेछन् । तर उनले आफूले बालकको अपरण भएको देखेका रहेनछन् । 

आफूलाई एकजना गाउँलेले बालक अपहरण भएको कुरा सुनाएपछि प्रहरीलाई खबर गरेको उनको जवाफ आयो । त्यसपछि प्रहरीले उनलाई सूचना दिने व्यक्तिको खोजी गर्‍यो । 

ती व्यक्तिले पनि आफूले बच्चा अपहरण भएको नदेखेको बताए । तर पसलमा हल्ला सुनेको प्रहरीलाई जानकारी दिए । 

प्रहरीले पसलमा सोधपुछ गर्‍यो । त्यसपछि पत्ता लाग्यो, एक ७० वर्षीया वृद्धाले बालकलाई २ जनाले गाडीमा हालेर लग्दै गरेको देखेकी रहिछन् । बालकलाई गाडीमा लग्दै गरेको देखेपछि उनलाई कसैले अपहरण पो गरेका हुन् कि भन्ने लागेछ । त्यसपछि उनले पसलमा भएका अन्य व्यक्तिसँग सुनाइन् । 

७० वर्षीया वृद्धाको कुरा सुनेपछि एक कान, दुई कान हुँदै बालक अपहरण भएको हल्ला नै चल्यो । 

वृद्धाको भ्रमले प्रहरीलाई तनाव

गत साउन २० गते (आइतवार) मात्रै काठमाडौंको काँडाघारी क्षेत्रबाट ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो ।

निशानको सकुशल उद्दार गर्न नसकेको भन्दै प्रहरीको आलोचना पनि भयो । निशानको अपहरणमा संलग्नलाई कोठाबाट समातेर जंगलमा लगेर गोली हानी मारेर दोहरो मुठभेड भएको भनेपछि अहिले पनि आलोचना भइरहेको छ ।

यस्तो अवस्थामा बुधवार पनि काँडाघारी–गोठाटार क्षेत्रबाट बालकको अपहरण भएपछि तत्काल खोजीका लागि प्रहरी परिचालन भएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहका अनुसार बुधवार अपहरणमा परेका भनिएको बालकको खोजीका लागि ५ मिनेटमै १०० को संख्यामा प्रहरी परिचालन भएका थिए । 

प्रहरीले काठमाडौं–भक्तपुर–ललितपुरका मुख्य नाकामा कडा चेकजाँच पनि गर्‍यो । तर अन्तिममा बालक अपहरणको वास्तविकता ७० वर्षीया वृद्धाको भ्रम मात्रै रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

‘कोही आफन्तले बच्चा समातेर गाडीमा हालेको लगेर देख्दा ७० वर्षीया वृद्धालाई अपहरण गरेर लगे कि भन्ने भ्रम परेजस्तो देखियो,’ एसपी सिंहले लोकान्तरसँग भने, ‘वास्तवमै बालकको अपहरण भएको भए हामीलाई अहिलेसम्म कसै न कसैले बालक अपहरण भएको भनेर पृष्टि हुने खालको सूचना दिन्थे होला ।’

यद्यपि अहिले पनि उक्त प्रकरणमा छानबिन चलिरहेको सिंहको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x