चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
असोज १८, २०७५
काठमाडौं –ट्रेकिङ कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न आउने विदेशी पर्यटकलाई नक्कली अनुमतिपत्र दिएर सरकारी राजश्व आफूले लिने गरेको घटना सार्वजनिक भएको छ ।
ट्रेकिङ कम्पनीले सगरमाथा चढ्न आउने पर्वतारोहीलाई नक्कली अनुमतिपत्र दिएर सो बापतको राजश्व लिएर ठगी गरेको घटना सार्वजनिक भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सगरमाथा चढेको नक्कली प्रमाणपत्र बनाएर बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको धुम्बाराहीमा रहेको सेभेन समिट ट्रेक्स प्रालिका ३ जना कर्मचारीले सगरमाथा चढ्न आएका पर्वतारोहीलाई नक्कली प्रमाणपत्र बनाएर बिक्री गरेका हुन् ।
पक्राउ पर्नेमा सेभेन समिटमा लिगल डिपार्टमेन्ट हेडको रूपमा कार्यरत काठमाडौं सुकेधाराका २९ वर्षीय निभेश कार्की, लेखापालका रूपमा कार्यरत काठमाडौंको चण्डोल बस्ने ४१ वर्षीय विजयश्वर अर्याल र मार्केटिङ म्यानेजरको रूपमा कार्यरत संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएकी ३० वर्षीय फूर्तेन्जी शेर्पा छन् ।
यसरी भयो नक्कली प्रमाणपत्र बेच्ने धन्दाको पर्दाफास
निभेश, फूर्तेन्जी र विजयश्वले ३० चैत २०७४ मा सेभेन समिट ट्रेक्स प्रालिका तर्फबाट ‘१४ पीक इक्सपेरियन्स एभरेस्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलको अनुमति पत्र बुझे ।
पर्यटन विभागले उक्त दलका नाममा जारी गरेको अनुमति पत्रमा १२ जनाको नाममा पर्वतारोहणको अनुमति प्रदान गरेको थियो । तर निभेश, फूर्तेन्जी र विजयश्वले सक्कली अनुमति पत्र लुकाएर सोही पत्रको मिति र परमिट नम्बर राखी १ जना चिनियाँ र अर्का १ जना अस्ट्रेलियन नागरिकको नाम थपेर १४ जनाको नाममा नक्कली अनुमतिपत्र तयार पारे ।
सोही नक्कली पत्रको प्रतिलिपि सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुमा पेश गरे ।
त्यसपछि ‘१४ पीक इक्सपेरियन्स एभरेस्ट एक्स्पेडिसन– २०१८’ नामक आरोहण दलको सम्पर्क अधिकृतको रूपमा खटिएका कर्मचारीले पनि पर्यटन विभागबाट प्राप्त प्रमाणपत्रको प्रतिलिपि सगरमाथामा बुझाए । तर सम्पर्क अधिकृतले बुझाएको प्रमाणपत्र सक्कली थियो । जसमा १२ जनाको मात्रै नाम थियो ।
एउटै मिति र एउटै परमिट नम्बर उल्लेख भएको पत्रमध्ये एउटामा १२ र अर्कोमा १४ जनाको नाम उल्लेख भएको भेटिएपछि समितिले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।
सिआईबीको अनुसन्धानबाट उनीहरूले सरकारलाई तिनुपर्ने राजस्व हिनामिना गर्ने उद्देश्यले २ जनाको नाम थप गरेर नक्कली अनुमतिपत्र बुझाएको तथ्य फेला प¥यो ।
‘१४ पीक इक्सपेरियन्स एभरेस्ट एक्सपेडिसन– २०१८’ नामक आरोहण दलका लागि जारी भएको सक्कली अनुमतिपत्रमा ८ जना चिनियाँ, २ जना भारतीय, १ जना स्पेनी, १ जना बेलायती नागरिकको नाम उल्लेख थियो । तर उनीहरूले १ जना चिनियाँ र अर्का १ जना अस्ट्रेलियन नागरिकको समेत नाम थपेर नक्कली अनुमतिपत्र तयार पारे ।
त्यसअघि निभेशले पर्यटन विभागबाट आरोहणपत्र लिनुभन्दा केही दिनअगाडि १४ जनाकै नाममा पर्यटन विभागमा अनलाइनबाट आवेदन दिएका थिए । तर उनीहरूले बीचमै आफ्नो योजना परिवर्तन गरे । १२ जनाको नाममा मात्र सक्कली प्रमाणपत्र निकाल्ने र २ जनाको नामपछि थप गरेर त्यसबापतको राजस्व २२ हजार अमेरिकी डलर बाँडेर खाने योजना तीनै जनाले बनाए ।
योजनाअनुसार निभेशले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड लाएर सक्कलजस्तै परमिट बनाउने जिम्मा लिए । विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा लिए भने फूर्तेन्जी शेर्पाले ट्रेकिङको कार्यालयमा नक्कली परमिट राख्ने तथा चाहिएको ठाउँमा वितरण गर्ने जिम्मा लिइन् ।
उनीहरूले बाँड्ने भनेको २२ हजार अमेरिकी डलरमध्ये विजयश्वर अर्यालले ७ लाख ३५ हजार रूपैयाँ लिएको, फूर्तेन्जी शेर्पाले ७ हजार २ सय अमेरिकी डलर लिएको र बाँकी निभेश कार्कीले लिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
सीआईबीले उनीहरूविरुद्ध सरकारी छाप किर्ते र ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...