१३ असार २०८३, शनिबार

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्ष कारागार, यस्ताे छ अाराेप

असोज १९, २०७५
दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्ष कारागार, यस्ताे छ अाराेप

सिओल- दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । 

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उहाँलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ । 

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आउनुभएको छ । दक्षिण कोरियामा जेल जाने उहाँ चाँैथा पूर्वनेता हनुहुन्छ । 

उहाँकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो । 

शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो । 
पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाँय तोकेको थियो । 

उहाँविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उहाँ प्रथम निर्वाचित राष्ट्रपति हुनुहुन्थ्यो । 

salt training

कमेन्ट गर्नुहोस्